
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्की सरकारको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् ।
आफूलाई पदबाट हटाएर अन्याय गरिएको भन्दै कार्कीले सर्वोच्चमा रिट दायर गर्न लागेका हुन् । उनका तर्फबाट वकिलहरू केहीबेरअघि रिट लिएर अदालत पुगेका छन् । अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि रिट दर्ता हुने वा नहुने टुंगो लाग्नेछ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । सरकारले कार्कीलाई प्रधानमन्त्री कार्यालयमा विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी उक्त जिम्मेवारीमा नियुक्त गरेको थियो ।


