Nepal Purbadhar

तिहारमा पाँच दिन काभ्रेका मुख्य तथा सहायक सडकमा टिपर चलाउन रोक


काठमाडौं। तिहार पर्वलाई लक्षित गर्दै काभ्रेपलाञ्चोक जिल्लाका मुख्य तथा सहायक सडकमा पाँच दिन टिपर सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सवारी चाप व्यवस्थापन, सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण तथा यात्रुवाहक सवारीसाधनको आवागमन सहज बनाउन टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

जिल्ला सुरक्षा समितिको कात्तिक १९ गतेको निर्णयअनुसार कात्तिक २२ गते बिहान ५ बजेदेखि कात्तिक २६ गते राति ९ बजेसम्म बिपी राजमार्ग, अरनिको राजमार्गलगायत जिल्लाका मुख्य तथा सहायक सडकमा टिपर चलाउन पाइने छैन।


Read Previous

मिलरको अविजित ९३ रनका बाबजुद कर्णालीमाथि सुदूरपश्चिमको ३९ रनको जित

Read Next

आधा दर्जनबढी ठूला सरकारी लगानी भएका हाइड्रो र सोलारको पीपीए हुने, दोस्रो चरणमा निजी क्षेत्रको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar