Nepal Purbadhar

एनपीएलमा कर्णाली र सुदूरपश्चिम भिड्दै, पहिलो पटक मैदानमा उत्रिए डेभिड मिलर


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कर्णालीले टस जितेपछि सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको हो।

यस खेलका लागि कर्णालीले टोलीमा २ परिवर्तन गरेको छ। जिशान आलमको स्थानमा दक्षिण अफ्रिकी स्टार क्रिकेटर डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङ पहिलो रोजाइमा खेल्दैछन्।

त्यस्तै, सुदूरपश्चिमले पनि टोलीमा एक परिवर्तन गरेको छ। शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायकेलाई पहिलो रोजाइमा समावेश गरिएको छ।

डेभिड मिलरको आगमनसँगै कर्णालीको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।


Read Previous

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेट: संसद सञ्चालन गर्ने विषयमा छलफल

Read Next

बाढीले तहसनहस पारेको स्याउली बजार , एक महिना बित्यो हुनसकेन पुनःस्थापना- तस्बिरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar