Nepal Purbadhar

राष्ट्रिय गौरवका आयोजनाको कारुणिक तस्वीरः ३५ वर्षमा पनि नबन्दा साढे १२ सय प्रतिशतसम्म लागत वृद्धि (विस्तृतमा कुन परियोजनाको कति लागत बढ्यो ?)


काठमाडाैं । तत्कालिन सरकारले ११ वर्षअघि (आर्थिक वर्ष २०६८/६९ ) १७ वटा ठूला आयोजना निर्माणलाई प्राथमिकता दिँदै राष्ट्रिय गौरवका आयोजना घोषणा गर्यो । पछि फेरि यो सूचीमा ७ वटा आयोजना पनि थपिए ।

राष्ट्रिय योजना आयोगका अनुसार, आर्थिक वर्ष २०७०/७१ मा ४ वटा तथा आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ मा १/१ वटा आयोजना राष्ट्रिय गौरवको आयोजनाको सूचीमा थपिए । सरकारले ११ वर्षअघि निर्माणाधीन र निर्माणमा जान लागेका ठूला आयोजनालाई विशेष महत्त्व दिँदै राष्ट्रिय गौरवका आयोजना घोषणा गरेपनि अहिलेसम्म ४ वटा बाहेक कुनै सम्पन्न हुन सकेका छैनन् ।

जलविद्युततर्फ देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना मात्रै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको सूचीमा समावेश ७५० मेगावाटको पश्चिम सेती कहिलेदेखि निर्माणमा जाने भन्ने अझै टुंगो छैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पनि पश्चिम सेतीको जस्तै छ । याे आयोजना अहिलेसम्म निर्माणमा जान सकेकाे छैन ।

आर्थिक वर्ष २०६७/६८ निर्माण सुरु भएको माथिल्लो तामाकोसी, आर्थिक वर्ष २०७२/७३ मा सुरु भएको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र आर्थिक वर्ष २०७४/७५ मा सुरु भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र मेलम्ची खानेपानी आयोजना मात्रै राष्ट्रिय गौरवकाे सूचीमा समावेश भई निर्माण सम्पन्न भएका हुन् ।

निर्माण सम्पन्न भइसकेका राष्ट्रिय गौरवका पूर्वाधार आयोजना पनि निर्धारित लागत बढेर तथा समयभन्दा ढिला गरी पूरा भएका हुन् । माथिल्लो तामाकोसी निर्माण सम्पन्न हुँदा अनुमान गरिएको ३५ अर्ब २९ करोड रुपैयाँबाट बढेर करिब ८५ अर्ब रुपैयाँ पुग्यो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्धारित लागत र समयमा सम्पन्न हुन सकेन ।

यो विमानस्थल निर्माण सम्पन्न हुँदा लागत करिब ३२ अर्ब रुपैयाँ (चिनीयाँ ऋणसहित) पुग्यो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत निर्धारित लागतमा सम्पन्न हुन नसक्दा बढेर २८ अर्ब पुगेको छ ।

आयोगका अनुसार, आर्थिक २०४५/४६ मा निर्माण सुरु भएको भेरी बबई सिँचाइ आयोजना अझै सम्पन्न हुन सकेको छैन । ३५ वर्षदेखि निर्माणाधीन यो आयोजना आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न हुने पछिल्लो तालिका छ ।

आयोजनाको निर्माण अवधि लम्बिँदा लागत पनि आकाशिएको छ । यो पआयोजनाको सुरुको लागत २ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ थियो । अहिले यो लागत बढेर १८ अर्ब ९६ करोड ३० लाख पुगिसकेको छ । यो सुरुमा अनुमान गरिएको लागतभन्दा ५५९.८३ प्रतिशत बढी हो ।

यस्तै, आर्थिक वर्ष २०६५/६६ मा सुरु भएको पूर्व पश्चिम विद्युतीय रेलमार्ग (रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजना) को सुरुको लागत ७० अर्ब ६२ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, अहिले यसको लागत बढेर ९ खर्ब ५५ अर्ब २२ करोड पुगेको छ ।
२०८६/८७ सम्म पूरा हुने लक्ष्य राखिएको यो आयोजनाका लागि अहिले पूर्णरूपमा काम अघि बढ्न सकेको छैन । ९४५ किलोमिटर रेल निर्माण गर्नुपर्नेमा काम नै हुन सकेको छैन ।

आयोगका अनुसार, आर्थिक वर्ष २०७८/७९ सम्ममा राष्ट्रिय गौरवका आयोजनाको सुरुको लागत १० खर्ब ४५ अर्ब ९७ करोड रहेकोमा अहिले यो बढेर २५ खर्ब ९७ अर्ब ५६ करोड रुपैयाँ पुगिसकेको छ । जुन सुरुको लागतभन्दा १४८ प्रतिशत हो ।

विशेष प्राथमिकतामा राखेर अघि बढाएका राष्ट्रिय गौरवका आयोजना समयमै अघि बढ्न नसक्दा तिनको लागतपछि बढ्दै गइरहेको हो । आयोगको तथ्यांकले नै कुनै राष्ट्रिय गौरवका आयोजना समयमै र तोकिएको लागतमै निर्माण सम्पन्न नभएको देखिएको छ ।

राष्ट्रिय गौरवका परियोजनाको समय र लागत (करोडमा) कति बढ्यो ?

क्र. सं.आयोजनाको नाम निर्माण सुरु भएको वर्षसम्पन्न हुने मितीसुरुको लागत

(करोडमा)

शंशोधित लागत

(करोडमा)

वृद्धि प्रतिशत
१सिक्टा सिँचाइ आयोजना२०६१/६२२०८९/९०१२८०२५०२९५.४६
२बबई सिँचाइ आयोजना२०४५/४६२०८२/८३२८७.३९१८९६.३०५५९.८३
३रानी जमरा कुलारिया सिँचाइ आयोजना२०६७/६८२०८०/८११२३७२७५२.२३१२२.४९
४सुनकोसी मारिन डाईभर्जन आयोजना२०७३/७४२०८०/८१४६१९.३९४६१९.३९०
५महाकाली सिँचाइ आयोजना२०६३/६४२०८७/८८३५००३५०००
६भेरी बबई डाईभर्जन आयोजना२०६८/६९२०७९/८०१६४३३६८०.७७१०५.७६
७ बूढीगण्डकी जलाशय जलविद्युत आयोजना२०६९/७०२०८३/८४२६०००२६००००
८प्रसारण लाइन आयोजना (एमसीसी)२०६७/६८२०८४/८५७५००६१२६– १८.३२
९

पश्चिम सेती जलाशय जलविद्युत आयोजना२०६७/६८––––––––––१३२०८२७३८५१०७.३३

१०

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल२०७१/७२२०८५/८६१६५००१६५०००
११रेल, मेट्रो रेल तथा मोनोरेल विकास

२०६६/६७२०८६/८७७०६२९५५२२१२५२.६१
१२हुलाकी लोकमार्ग२०६६/६७२०८०/८१४७२४६५२० ३८.०१
१३पुष्पलाल मध्य पहाडी लोकमार्ग

२०६४/६५२०७९/८०३३३६८४३३१५२.७८
१४उत्तर दक्षिण कोसी कोरिडोर लोकमार्ग

२०६५/६६२०८७/८८१६२०११९३–२६.३५
१५

उत्तर दक्षिण कालीगण्डकी लोकमार्ग२०६६/६७२०७९/८०२४००२४०००
१६उत्तर दक्षिण कर्णाली कोरिडोर लोकमार्ग२०६५/६६२०८४/८५४१०६६६.१९६२.४८
१७काठमाडाैं – तराई /मधेश द्रुतमार्ग

२०७३/७४२०८०/८१११६००१७५१९.३६५१.०२
१८मेलम्ची खानेपानी आयोजना

२०५५/५६२०८०/८१२४००३१३६३०.६६

१९

पशुपति क्षेत्र विकास कोष

२०७०/७१२०७८/७९१२७२२७७८.७४

२०

लुम्बिनी क्षेत्र विकास कोष

२०६९/७०२०८०/८१५५५१३२६१३८.९१

२१

राष्ट्रपति चुरे संरक्षण कार्यक्रम२०७१/७२२०९३/९४१२५२४९७०.०२१९८७६.०१६

स्रोतः राष्ट्रिय योजना आयोग


Read Previous

एकिकृत यातायात पूर्वाधार विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन यही हप्ता काठमाडौमा

Read Next

अर्थ मन्त्रालयद्वारा साढे १० अर्ब बचत हुने गरी खर्च कटौती गर्ने निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar