
काठमाडौं। काठमाडौँको बबरमहलमा निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सर्वसाधारणका लागि सञ्चालनमा आउने भएको छ। निर्माणको काम अन्तिम चरणमा पुगेपछि सडक डिभिजन कार्यालय, काठमाडौँले पुल सञ्चालनमा ल्याउने तयारी गरेको हो।
सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई ध्यानमा राखेर निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएपछि सडक वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ। यसले पैदलयात्रुको सुरक्षामा सुधार ल्याउनुका साथै सडक दुर्घटना न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
सडक डिभिजन कार्यालय, काठमाडौँका अनुसार पुल निर्माणको भौतिक प्रगति अन्तिम चरणमा पुगेको छ। त्यसैले केही दिनभित्रै पैदलयात्रुका लागि पुल खुला गर्ने तयारी भइरहेको छ।
विसं २०८२ फागुन २१ गते निर्माण सम्झौता भई सुरू भएको उक्त पुल निर्माणका लागि २ करोड ५२ लाख ४५ हजार ९५३ रुपैयाँ लागत निर्धारण गरिएको थियो। पुल निर्माणको जिम्मेवारी हेटौँडास्थित हाइटेक इन्जिनियरिङ वर्क्स प्रालिले पाएको सडक डिभिजन कार्यालय, काठमाडौँले जनाएको छ।



