Nepal Purbadhar

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब रुपैयाँभन्दा बढी मौज्दात


काठमाडौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ। दुवै कोषमा गरी मौज्दात रकम १८ अर्ब ९ करोड रुपैयाँ नाघेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न बैंकका खातामा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ मौज्दात रहेको छ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ ओटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ।

त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा गरी ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर जम्मा भएको छ। बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि कोषमा सहयोग जुट्ने क्रम जारी रहेको कार्यालयले जनाएको छ।


Read Previous

एनपिएल पुरस्कार राशि ४० लाखले बढ्यो, विजेताले डेढ करोड पाउने

Read Next

जगदुल्ला अर्ध जलाशययुक्त जलविद्युत् आयोजना: कर्णालीको समृद्धि, स्वच्छ ऊर्जा र दिगो विकासको नयाँ आधार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar