Nepal Purbadhar

विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण ८१ प्रतिशत सम्पन्न


विराटनगर। कोशी प्रदेशको सबैभन्दा ठूलो विराटनगर विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको भौतिक प्रगति ८१ प्रतिशत पुगेको छ ।

विमानका यात्रुको सुविधा र हितलाई ध्यानमा राखी निर्माण भइरहेको नयाँ भवन प्रविधिमैत्री र अत्याधुनिक रहनेछ ।

सन् १९५८ मा सञ्चालनमा आएको उक्त विमानस्थलको निर्माण कार्य भारतीय सरकार र कोरिया सरकारले सहयोगमा भएको थियो । झण्डै ६८ वर्ष पूरा गरेको उक्त विमानस्थलका टर्मिनललगायतका भौतिक संरचना भूकम्परहित बनाउने उद्देश्यले विसं २०७९ पुसमा रु तीन अर्ब १२ करोड लागतमा निर्माण सुरु गरेको थियो ।

तीनतले सो भवन १८ हजार वर्गमिटरको रहेको विमानस्थल कार्यालयका सूचना अधिकारी सञ्जीव खड्काले जानकारी दिनुभयो । कुल १२२ बिघा क्षेत्रफलमा रहेको विमान स्थलको ‘रनवे’ एक हजार ७७५ मिटर लम्बाइको छ ।

उक्त विमानस्थलमा हाल दैनिक २० देखि २५ वटा उडान हुने गरेको उहाँले बताउनुभयो । विसं २०८३ पुसभित्रमा सम्पन्न गर्ने लक्ष्यकासाथ निर्माण कम्पनीले पछिल्लो समय द्रुतगतिमा काम गरिरहेको छ ।

हाल पाँच वटा जहाज पार्किङ गर्न सकिने उक्त विमानस्थलको नयाँ टर्मिनलसँगै निर्माणपछि सात वटा जहाजलाई पार्किङ गर्नसक्ने क्षेत्र विस्तार गरिने जनाइएको छ ।


Read Previous

निर्वाचन प्रहरीको पोसाक खरिदबारे एक बोरा कागजात, उपसमिति बैठकमा सुनार अनुपस्थित

Read Next

विपद् उत्थानशीलता र हरित अर्थतन्त्र विकासमा नेपाल-एआईटी सहकार्य प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar