Nepal Purbadhar

भोटेकोशी-त्रिशूली बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

फाइल तस्बीर।


काठमाडौं, ३० असोज । भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ ओटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएका छन्। ती पुल मर्मतमा करिब साढे ५ करोड रुपैयाँ खर्च भएको छ।
सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार त्रिशूली करिडोरका पुलमध्ये ११ ओटामा ठूलो क्षति पुगेको थियो भने ७ ओटामा सामान्य क्षति भएको थियो।
क्षतिग्रस्त पुलका लट्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने, स्टिल डेक तथा बिम जडान गर्ने र साइडका जाली राख्नेलगायत काम गरी सबै पुल सञ्चालनमा ल्याइएको कार्यालयलयले जनाएको छ।
मर्मत गरिएका पुलले नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न स्थानीय तहबीचको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।


Read Previous

दशैंको चहलपहलबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो

Read Next

कालीगण्डकीको बाढीले बगायो रातोपानीको तातोपानी कुण्ड, एक करोडको संरचना ध्वस्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar