Nepal Purbadhar

पोखरा विमानस्थलमा ‘आरएनपी-एआर’ प्रणाली लागू हुँदै, कम भिजिविलिटीमा पनि उडान हुने


गण्डकी, २९ असोज । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कम दृश्यतामा पनि हवाई उडान तथा अवतरण सहज बनाउन ‘आरएनपी-एआर’ प्रणाली लागू गरिने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक प्राविधिक अध्ययन पूरा गरी आगामी चार महिनाभित्र प्रणाली कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ।

विमानस्थलका अनुसार हाल ३ हजार १०० मिटर दृश्यतामा उडान तथा अवतरण हुँदै आएकोमा नयाँ प्रणाली लागू भएपछि २ हजार मिटर दृश्यतामै उडान गर्न सकिनेछ।

यस प्रणालीले कम दृश्यताका कारण उडान रद्द हुने तथा अन्य विमानस्थलमा डाइभर्ट गर्नुपर्ने समस्या घटाउने अपेक्षा गरिएको छ। यसबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान थप नियमित र भरपर्दो हुने प्राधिकरणको विश्वास छ।

प्रणाली सञ्चालनका लागि जहाजमा आवश्यक उपकरण जडान गर्नुका साथै विमान चालकलाई तालिम दिनुपर्नेछ। प्राविधिक तथा नियामकीय प्रक्रिया पूरा भएपछि प्रणाली कार्यान्वयनमा ल्याइने प्राधिकरणले जनाएको छ।


Read Previous

कालीगण्डकीको बाढीले बगायो रातोपानीको तातोपानी कुण्ड, एक करोडको संरचना ध्वस्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar