Nepal Purbadhar

नदी नियन्त्रणमा ऊर्जा मन्त्रालयको त्रैमासिक भौतिक प्रगति ३४.९ प्रतिशत


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नदी नियन्त्रणतर्फ ३४.९ प्रतिशत भारित भौतिक प्रगति हासिल गरेको छ। यस अवधिमा २.९ किलोमिटर तटबन्ध निर्माण र १ हेक्टर जग्गा उकास गरिएको छ।

नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखाअन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ५ अर्ब २० करोड ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। पहिलो त्रैमासका लागि छुट्याइएको ६२ करोड ७४ लाख रुपैयाँमध्ये १४ करोड ७० लाख खर्च भएको छ। यो त्रैमासिक बजेटको २३.४ प्रतिशत हो।

महाशाखा प्रमुख रवीन्द्रबहादुर थापाका अनुसार केही आयोजनाले भने निर्धारित लक्ष्यभन्दा बढी प्रगति गरेका छन्। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, भरतपुरले त्रैमासिक भौतिक लक्ष्यको १६०.८ प्रतिशत प्रगति गरेको छ। त्यस्तै, टार-बजार संरक्षण कार्यक्रमले १०८ प्रतिशत प्रगति हासिल गरेको छ।

अन्य आयोजनातर्फ लमही (दाङ) ले ८६.५ प्रतिशत, कञ्चनपुरले ८२.५ प्रतिशत र जनकपुर (धनुषा) ले ८२.३ प्रतिशत भौतिक प्रगति गरेका छन्।


Read Previous

विद्युत् सुरक्षा प्रशिक्षक प्रशिक्षण सम्पन्न, देशभरका वितरण केन्द्रमा पनि प्रशिक्षण दिइने

Read Next

८३ वर्षमा पनि स्वास्थ्य स्वयंसेवामा सक्रिय कमला कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar