Nepal Purbadhar

बाबुरामको प्रस्ताव : ‘अब विकासको २० वर्षे योजना बनाऔँ, नयाँ पुस्तालाई विस्वास गरौं र नेतृत्व दिऊँ’

Oplus_131072


काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाललाई आगामी २० वर्षभित्र विकसित मुलुकको स्तरमा पुर्‍याउने लक्ष्यसहित दीर्घकालीन विकास योजना बनाउनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूले साझा विकास योजना बनाएर त्यसको कार्यान्वयनमा प्रतिस्पर्धा गर्नुपर्ने बताए।

मलेसिया, कोरिया, सिंगापुर र चीनले छोटो समयमै उल्लेख्य विकास गरेको उदाहरण दिँदै उनले नेपालले पनि त्यस्तै लक्ष्यसहित अघि बढ्नुपर्ने बताए।

भट्टराईले राजनीतिक स्थिरताका लागि नयाँ पुस्तालाई विश्वास गर्नुपर्नेमा समेत जोड दिए। ‘अब पाठ सिकौँ। अब हामीले नयाँ पुस्तालाई विश्वास गर्नुपर्छ,’ उनले भने।


Read Previous

बेत्रावतीको बेलीब्रिज दशैंअघि सञ्चालनमा आउने

Read Next

लिङ्देनले सम्झिए कांग्रेसको अघिल्लो महाधिवेशनको भाषण : ‘पाँच वर्षअघि भनेको कुरा अझै उस्तै छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar