
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन थालेको छ। चक्रवातको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ।

काठमाडौं उपत्यकामा बिहीबार साँझदेखि सामान्य झरी परेको छ। शुक्रबार पनि आकाश धुम्म रहनुका साथै देशका विभिन्न स्थानमा वर्षा र उच्च हिमाली तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

चक्रवातको प्रभावका कारण मौसममा आएको परिवर्तनले जनजीवन तथा हवाई र सडक यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।


