
काठमाडौं। रसुवा बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि कुमारी बैंक लिमिटेडले ३ करोड रुपैयाँ सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालसहित उच्च अधिकारीले अर्थमन्त्री वाग्लेलाई ३ करोड रुपैयाँ नगद हस्तान्तरण गरेका छन्।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोगलाई सरकारले एकद्वार प्रणालीमार्फत परिचालन गर्न थालेको छ।
अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा प्राप्त हुने सहयोग बुझ्ने र प्रभावित क्षेत्रमा आवश्यकताअनुसार परिचालन गर्ने व्यवस्था मिलाइरहेका छन्।

