Nepal Purbadhar

अमरसिंह माविको जग्गामा बनेका घरटहरामा महानगरको डोजर: तस्वीरहरूमा हेर्नुहोस्


कास्की। जिल्लाको पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ।
मंगलवार बिहानै महानगरपालिकाको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहराहरू भत्काएको हो।
विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरी प्रयोग हुँदै आएका थिए। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाइएको महानगरपालिकाले जनाएको छ। संरचना भत्काउने क्रममा हुनसक्ने सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घटनास्थलमा नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो।

तस्बिरहरु- पूर्ण न्यौपाने/ नेपाल फोटो लाइब्रेरी


Read Previous

‘स्किल ग्याप’ कम गर्न भन्दै पाठ्यक्रम निर्माणमा नास-आईटी आफै सक्रिय

Read Next

प्रतिनिधि सभा बैठक शुरू, हर्क साम्पाङले गरे आज पनि विरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar