Nepal Purbadhar

एनपीएलमा काठमान्डु गोर्खाजको टस जितेर बलिङ रोजाइ, पहिलो रोजाइमा खेले वार्नर


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा काठमान्डु गोर्खाजले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोजेका हुन्। अब कर्णालीले पहिले ब्याटिङ गर्नेछ।

आजको खेलमा अष्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर काठमान्डुको पहिलो रोजाइमा परेका छन्। उनी साम हिजलेटको स्थानमा टोलीमा समावेश भएका हुन्।

काठमान्डुले आजको खेलका लागि ३ खेलाडी परिवर्तन गरेको छ। हिजलेट, सुमित महर्जन र हरिशंकर शाहको स्थानमा वार्नर, सन्तोष यादव र देव शाहले मौका पाएका छन्।

यता कर्णालीले पनि टोलीमा एक परिवर्तन गरेको छ। बंगलादेशका अकबर अलीको स्थानमा जिशान आलमलाई पहिलो रोजाइमा समावेश गरिएको छ।

कर्णालीले प्रतियोगितामा यसअघि खेलेका दुवै खेल जित्दै ४ अंक जोडेको छ। लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको कर्णाली आजको खेलमा पनि जितको खोजीमा हुनेछ।

पहिलो खेलमा जनकपुरसँग पराजित भएको काठमान्डु भने प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा छ।


Read Previous

अब सबै स्थानीय तहबाटै भूमि प्रशासन सेवा, एक महिनाभित्र कार्यान्वयन गर्ने सरकारको तयारी

Read Next

४१५ रुपैयाँको सामान किनेका धनुषाका गौरीशंकरले जिते १० लाख, १५ जनालाई एक/एक लाख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar