Nepal Purbadhar

लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक थारु सांस्कृतिक संग्रहालय

Tharu Cultural Museum, situated in ward 3 of Dangisharan Rural Municipality, Chakhaura,Dang. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

काठमाडौ ।दाङ थारु समुदायको प्रमुख आधारभूमिका रूपमा परिचित छ। थारुका प्रथम राजा दंगीशरणले शासन गरेको जनविश्वासका आधारमा दाङको पश्चिम क्षेत्रस्थित गाउँपालिकाको नाम दंगीशरण गाउँपालिका राखिएको हो।

Tharu Cultural Museum, situated in ward 3 of Dangisharan Rural Municipality, Chakhaura,Dang. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

दंगीशरण गाउँपालिका–३ चखौरमा थारु समुदायको इतिहास, संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको थारु सांस्कृतिक संग्रहालय अहिले लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक बनेको छ। संग्रहालयमा थारु समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार, कला, संस्कृति तथा रीतिरिवाजलाई मूर्तिमार्फत आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

संग्रहालय अवलोकनका लागि थारु समुदायसँगै अन्य जातजातिका मानिसहरूको पनि उल्लेख्य भीड लाग्ने गरेको छ। दैनिक सयौँदेखि एक हजारभन्दा बढी पर्यटक यहाँ पुग्ने गरेका छन्। दाङसहित नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने थारु समुदायको इतिहास, जीवनशैली र सांस्कृतिक पहिचान संग्रहालयमा अवलोकन गर्न सकिन्छ।

Tharu Cultural Museum, situated in ward 3 of Dangisharan Rural Municipality, Chakhaura,Dang. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

संग्रहालयभित्र थारु बस्तीको झल्को दिने परम्परागत घर, कोठा, धन्सार, देवस्थल, पूजा–पाठ गर्ने स्थान तथा जन्म र मृत्यु संस्कारसँग सम्बन्धित सामग्री सजाएर राखिएको छ। थारु पुरुष र महिलाले प्रयोग गर्ने पोशाक, गहना, सांस्कृतिक नाचगानका भेषभूषा र श्रृंगारका सामग्री पनि प्रदर्शनीमा समावेश छन्।

नेपालका विभिन्न भूभागमा बसोबास गर्ने थारु समुदायको संस्कृति संरक्षण गर्ने उद्देश्यले संग्रहालय निर्माण गरिएको हो। यहाँ दाङ, चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, मोरङ लगायत क्षेत्रमा बसोबास गर्ने थारु समुदायको जीवनशैली, परम्परा र संस्कार झल्कने सामग्री राखिएका छन्। संग्रहालय परिसरमा थारुका प्रथम राजा दंगीशरणको प्रतिमा, ऐतिहासिक मूर्ति तथा नक्सा समेत राखिएको छ।

Tharu Cultural Museum, situated in ward 3 of Dangisharan Rural Municipality, Chakhaura,Dang. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको संग्रहालयमा दुई सयभन्दा बढी मूर्ति निर्माण गरिएको छ। यहाँ थारु संस्कृति झल्कने पुरानो तथा नयाँ संग्रहालय भवन, विश्राम गृह, थियटर हल, पुस्तकालय, रेकर्डिङ स्टुडियो, कोशेली घर, पाहुना घर, रेष्टुरेन्ट तथा सभाहल रहेका छन्। रेष्टुरेन्टमा थारु समुदायका परम्परागत परिकार स्वाद लिन सकिन्छ भने पर्यटकका लागि आवासको व्यवस्था पनि गरिएको छ।

संग्रहालयमा थारु समुदायले प्रयोग गर्ने कृषि औजार, माटाका भाँडा, ढकिया, गुन्द्री, काठका चप्पल, चाँदीका गहना तथा खेतबारी जोत्न र खन्न प्रयोग गरिने उपकरण संरक्षण गरेर राखिएको छ। थारु समुदायको माछा मार्ने परम्परागत सामग्री, कुलो, झरना र सांस्कृतिक प्रतिमाहरूले संग्रहालयलाई थप आकर्षक बनाएका छन्।

Tharu Cultural Museum, situated in ward 3 of Dangisharan Rural Municipality, Chakhaura,Dang. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

संग्रहालयभित्र पर्यटकलाई जानकारी दिन गाइडको व्यवस्था गरिएको छ। यहाँ करिब दुई दर्जनले प्रत्यक्ष रोजगारी पाएका छन् भने स्थानीय स्तरमा तरकारी, माछा, घुँघी, स्थानीय परिकार र अन्य सामग्री उत्पादन तथा बिक्रीमार्फत सयौँ मानिसको जीविकोपार्जनमा समेत टेवा पुगेको छ।

Tharu Cultural Museum, situated in ward 3 of Dangisharan Rural Municipality, Chakhaura,Dang. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library

Read Previous

अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम, पहिलोपल्ट कार्यसमितिमा ६ जना महिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar