
काठमाडौं, २४ असार । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेल लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइराला को संयुक्त इजलासले पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि सम्बन्धित निकायको मागअनुसार अदालतले हिरासत अनुमति दिएको जनाइएको छ। यस अवधिमा अनुसन्धान अधिकारीहरूले पौडेलसँग बयान लिनुका साथै मुद्दासँग सम्बन्धित प्रमाण संकलन गर्नेछन्। यस मुद्दाको थप अनुसन्धान जारी रहेको छ।

