Nepal Purbadhar

नेप्से १२.२६ अंकले घट्यो, कारोबार ४.४१ अर्बमा सीमित


काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबार मापक NEPSE परिसूचक १२.२६ अङ्कले घटेर २,७११.७६ मा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.९६ अङ्कले घटेर ४६६.१३ मा सीमित भएको छ । आज ७३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको घटेको छ । १२ कम्पनीको मूल्य स्थिर रह्यो ।

कूल ३५० कम्पनीका १ करोड ७ लाखभन्दा बढी कित्ता शेयर ४ अर्ब ४१ करोड २० लाख रुपैयाँभन्दा बढीमा खरिद–बिक्री भएका छन् । कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रह्यो । एनबिबिएल डिबेञ्चर, लक्ष्मी सनराइज बैंक, एसवाई प्यानल नेपाल र रिलायन्स स्पिनिङ मिल्स पनि शीर्ष कारोबारमा परे ।

लाभ कमाउने कम्पनीमा सोपान फर्मास्युटिकल्स, अपोलो हाइड्रोपावर, सयपत्री हाइड्रोपावर, एसवाई प्यानल नेपाल र डोल्टी पावर परे । यस्तै ग्रीन डेभलपमेन्ट बैंक, रावा इनर्जी डेभलपमेन्ट, सेन्ट्रल फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी र नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाएका छन् ।


Read Previous

ऊर्जा मन्त्रालयको हटलाइन मार्फत १३ हजार गुनासो समाधान

Read Next

स्रोत अभावबीच मधेस प्रदेशको ४१ अर्बको बजेट, पुँजीगत खर्चलाई प्राथमिकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar