Skip to main content

Nepal Purbadhar

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना


काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण गर्ने कुनै मनसाय नरहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री डा. तिमिल्सिनाले सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेका हुन् ।

उनले संविधानले दिएको प्रेस स्वतन्त्रताको अधिकार कसैले पनि कुण्ठित गर्न नसक्ने उल्लेख गर्दै प्रेस स्वतन्त्रता स्वच्छन्दता भने नभएको बताए । पत्रकारिताले आफ्नो मर्यादा र सीमालाई कायम राख्नुपर्नेमा जोड दिँदै उनले जिम्मेवार पत्रकारिताबाट सरकारलाई हस्तक्षेप गर्ने अवसर नमिल्ने बताए ।


“प्रेस स्वतन्त्रताको अधिकार संविधान दिएको हो । आज, भोलि र पर्सी कसैले यो अधिकार कुष्ठित गर्न सक्दैन तर प्रेस स्वतन्त्रता स्वछन्दता भने हुँदैन । प्रेसले आफ्नो गरिमा र सीमालाई कायम राख्न सक्नुपर्छ”, मन्त्री डा. तिमिल्सिनाले भने, “प्रेसले आफ्नो गरिमा र सीमालाई कायम गर्दा सरकारले चाहेर केही गर्न सक्दैन । त्यसकारण गरिमा र सीमालाई ख्याल गरेर ढुक्क भएर काम गर्न म पत्रकारिता जगतलाई आग्रह गर्दछु ।”

मन्त्री डा. तिमिल्सिनालेप्रेस काउन्सिल र चलचित्र सेन्सर बोर्डलाई थप सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताए । साथै नीति तथा कार्यक्रम र बजेटसम्बन्धी सुझावलाई सरकारले गम्भीरतापूर्वक लिने विश्वास व्यक्त गरे ।


Read Previous

मापदण्डविपरीत मिनरल वाटर उत्पादन गर्ने स्प्रिङ मिनरल उद्योगमा प्रशासनको सिल

Read Next

नयाँ बजेट नयाँ संसद् हलबाट आउने, निर्माणको काम अन्तिम चरणमा, यस्तो बन्यो नयाँ हल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar