Skip to main content

Nepal Purbadhar

मापदण्डविपरीत मिनरल वाटर उत्पादन गर्ने स्प्रिङ मिनरल उद्योगमा प्रशासनको सिल


उदयपुर। जिल्लको त्रियुगा नगरपालिका–३ मोतिगडास्थित स्प्रिङ मिनरल उद्योगलाई प्रशासनले सिल गरेको छ। खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमनका क्रममा उद्योगले मापदण्डविपरीत पानी फिल्टरिङ गरी उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गतिविधि गरेको भेटिएपछि उद्योग सिल गरिएको हो ।

कार्यालयका अनुसार उपभोक्ताबाट पटकपटक गुनासो आएपछि गरिएको अनुगमनमा उद्योगले निर्देशना अटेर गरी गुणस्तरहीन मिनरल वाटर उत्पादन गरिरहेको पाइयो ।

यसअघि जरिवाना र चेतावनी दिइए पनि सुधार नगरेपछि प्रशासनले कडा कदम चालेको जनाएको छ । उद्योगबाट उत्पादित मिनरल वाटरको बिक्रीसमेत रोक लगाइएको छ ।


Read Previous

कञ्चनपुर–कमला सडक आयोजना: चौथो पटक म्याद थपको तयारी, लागत तीन अर्बले बढ्यो

Read Next

प्रेसलाई नियन्त्रण गर्ने सरकारको मनसाय छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar