Skip to main content

Nepal Purbadhar

ग्यास अभावको विरोध : आरआर गेटमा विद्यार्थीले दाउरामा पकाए खाना (तस्बिर)


काठमाडौँ । सरकारले बजारमा भइरहेको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि त्यसको सांकेतिक विरोध गर्दै विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस गेटमै खाना पकाएका छन् ।

अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीले बिहीबार क्याम्पस गेटमा दाउरामा भात र गुन्द्रुक–आलु पकाए । गेटमा पाकेको खाना उनीहरूले त्यहीँ बसेर खाए ।

बजारमा ग्यासको अभावले जनजीवन प्रभावित भएपछि कतिपय विद्यार्थी पढाइ छोडेर लाइनमा बस्न थालेका छन् । कतिको डेरामा खाना पाक्न छोडेको छ । कतिपय विद्यार्थीले आफूहरू चाउचाउ–बिस्कुटको भरमा बाँच्नुपरेको गुनासो गरिरहेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी

Read Previous

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट–धुन्चे सडक

Read Next

बाढी प्रभावित क्षेत्रको उद्धार र पुनर्स्थापनाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar