
काठमाडौं । काठमाडौं उपत्यकाको लाइफलाइन मानिएको पृथ्वीराजमार्ग भासिएर अवरुद्ध बनेको छ ।
कृष्णभीर सडक भासिएका कारण काठमाडौं आउने र जानेहरुलाई रोकिएका छन् । सडक विभागका महानिर्देशक डा.विजय जैसी हडखलेले कृष्णभीर र परेवाभीर भासिएका कारण राजमार्ग अवरुद्ध भएको भन्दै उनले वैकल्पिक सडकहरु प्रयोग गर्नुपर्ने बताए ।
उनका अनुसार नदीले सडक कटान गरिरहेकाले तत्कालै सडक खुलाउने अवस्था छैन् । नदीले कटान गर्न छाडेपछि मात्रै सडक खोल्ने अवस्था छ । ‘त्रिशुली सडकतिर लागेका कारण सडक मुनितिरको भाग काटेका कारण भासिएको हो । हिजो अस्तीको बाढीले समस्या हो । मुग्लिनबाट नै सवारीसाधनहरु डाइभर्ट गर्नुपर्छ । मुग्लिनतिरबाट आउनेहरु सबै चितवनबाट विपीराजमार्ग हुँदै आउनुपर्छ । अथवा कान्तिलोकपथ प्रयोग गर्नुपर्छ । नुवाकोटबाट आउनेलाई बालाजु त्रिशुली सडक छ । गुर्जे भन्ज्याङ छ,’ उनले भने, ‘कान्तिलोकपथ प्रयोग गर्न सकिन्छ । हामी एउटा सडक पहिचना गर्छौं ।त्यसलाई बनाउछौं । पानी कम हुने बित्तिकै पृथ्वीराजमार्ग खुलाइ हाल्छौं ।’

उनले यात्रा गर्दा सडकको बारेमा जानकारी लिएर मात्र गर्न सबैलाई आग्रह गरे ।








