
काठमाडौं । कालिका कन्स्ट्रक्सनका अध्यक्ष बिक्रम पाण्डेले बाढी तथा विपद् प्रभावितको उद्धार र राहतका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
विपद्को कठिन समयमा प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुग्ने उद्देश्यले पाण्डेले उक्त रकम प्रदान गरेका हुन्।
भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा अहिले खोज, उद्धार तथा राहतको काम जारी छ।
यसैबीच विपद्को घडीमा सबैले आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न अपिल गरिएको छ।

