
भोजपुर। भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल-झ्याउपोखरी-साम्पाङ-फालिदोबाटो सडकको कालोपत्र अन्तिम चरणमा पुगेको छ। कुल २० किलोमिटर लम्बाइ रहेको सडकमध्ये १४ किलोमिटरमा कालोपत्र सम्पन्न भएको छ।
पूर्वाधार विकास कार्यालयकाअनुसार हालसम्म सडक आयोजनाको भौतिक प्रगति करिब ८३ प्रतिशत पुगेको छ। विसं २०७७ मा ५१ करोड ६२ लाख रुपैयाँको लागतमा सम्झौता भएर सडक कालोपत्रको काम सुरु गरिएको थियो।
बाँकी काम पनि गुणस्तरीय रूपमा समयमै सम्पन्न गर्न कार्यालयले विशेष ध्यान दिइरहेको छ। सडकमा अस्फाल्ट प्रविधिको प्रयोग गरी प्राविधिक मापदण्डअनुसार कालोपत्र भइरहेको र निर्माणको नियमित प्राविधिक अनुगमनसमेत भइरहेको छ।
षसडक निर्माण सम्पन्न भएपछि आर्थिक, सामाजिक र शैक्षिक गतिविधिमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।
र्षौंदेखि कच्ची सडकका कारण भोग्दै आएको सास्ती अन्त्य हुने अवस्थामा पुगेको छ। कालोपत्र भएपछि आवतजावत सहज हुने, ढुवानी खर्च घट्ने र समयसमेत बचत हुने छ।
सडक निर्माण सम्पन्न भएपछि षडानन्द नगरपालिका तथा आसपासका क्षेत्रका बासिन्दाले नियमित, सुरक्षित र सहज यातायात सेवा पाउने अपेक्षा गरिएको छ। साथै व्यापार, कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्वास स्थानीयको छ।
