
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएपछि काठमाडौँ उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बन्द भएका छन्। निजी पम्प बन्द भएपछि भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्प र नक्सालस्थित नेपाल प्रहरीको पेट्रोल पम्पमा इन्धन भर्न सर्वसाधारणको उल्लेख्य भीड लागेको छ।
मूल्य समायोजनपछि निजी पेट्रोल पम्पहरूले बिक्री स्थगित गरेसँगै उपभोक्ता सरकारी निकायद्वारा सञ्चालित पेट्रोल पम्पमा पुग्न बाध्य भएका हुन्। त्यसका कारण दुवै पेट्रोल पम्पमा बिहानैदेखि सवारीसाधनको लामो लाइन लागेको देखिएको छ।
