Skip to main content

Nepal Purbadhar

सर्वोच्चको फैसलापछि बूढानीलकण्ठ स्कुलले हटायो अनधिकृत टहरा, सीमाना निर्माण प्रक्रिया शुरू


काठमाडौं। सर्वोच्च अदालतको फैसलापछि बूढानीलकण्ठ स्कुलले आफ्नो स्वामित्वमा रहेको जग्गाको संरक्षण गर्दै सीमाना निर्माण प्रक्रिया शुरू गरेको छ। सोही क्रममा स्कुलको जग्गामा अनधिकृत रूपमा निर्माण गरिएका जस्तापाताका टहरा तथा अन्य अस्थायी संरचना डोजर प्रयोग गरी हटाइएको छ।

स्कुल प्रशासनले सर्वोच्च अदालतको निर्णयअनुसार जग्गाको सीमाना (बाउन्ड्री) निर्माणको तयारी थालिएको जनाएको छ। टहरा हटाउनुअघि प्रशासनले सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिलाई आफ्ना चल तथा अचल सम्पत्ति निर्धारित समयभित्र हटाउन आग्रह गरेको थियो।

स्कुलले सूचना अवज्ञा नगरी बाँकी रहेका अनधिकृत संरचना हटाउने कार्य अघि बढाइएको स्पष्ट पारेको छ। साथै, टहरा हटाउने क्रममा हुने कुनै पनि क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले व्यहोर्नुपर्ने भन्दै पूर्वसूचना पनि जारी गरिएको थियो।

स्कुलका अनुसार सर्वोच्च अदालतको फैसलाअनुसार आफ्नो स्वामित्वको जग्गा संरक्षण गर्न तथा भविष्यमा अतिक्रमण हुन नदिन सीमाना निर्माणको काम अघि बढाइएको हो।

टहरा हटाउने कार्यसँगै बूढानीलकण्ठ स्कुलले आफ्नो जग्गा व्यवस्थापन र संरक्षणको प्रक्रिया औपचारिक रूपमा अगाडि बढाएको जनाएको छ।


Read Previous

एक करोड ७० लाखको बेलीब्रिजले जोड्यो दुई जिल्ला, वर्षौंदेखिको आवागमन समस्या अन्त्य

Read Next

होल्डिङ सेन्टर नहटाउन माग राख्दै सुकुम्बासी प्रदर्शनमा, वैकल्पिक बसोबासको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar