Nepal Purbadhar

ताकम र शिवाङमा पहिलोपटक सडक कालोपत्र


म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका-७ स्थित ताकम र शिवाङमा पहिलोपटक सडक कालोपत्र गरिएको छ। दरवाङ-मुना-ढोरपाटन सडक योजनाअन्तर्गत बस्ती क्षेत्रका ९०० मिटर सडक प्रिमिक्स प्रविधिबाट कालोपत्र गरिएको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार कालोपत्रपछि स्थानीय बस्ती धुलो र हिलोमुक्त बनेको छ। धौलागिरि गाउँपालिकामा यसअघि कुनै पनि सडक कालोपत्र भएको थिएन।

बेनी-दरवाङ-धारापानी-ताकम-मुना-जलजला-ढोरपाटन सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा हेरिएको छ। धारापानीदेखि झिनडाँडा खण्डसम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ।

रणनीतिक महत्वको मानिएको यो सडक सञ्चालनमा आएपछि म्याग्दी, बागलुङ र पूर्वी रुकुमका बासिन्दालाई पोखरा-काठमाडौँ आवतजावतमा करिब ५० किलोमिटर दूरी छोटो पर्ने अपेक्षा गरिएको छ।


Read Previous

रास्वपा महाधिवेशनः केन्द्रीय सदस्यका लागि ३८४ जनाको उम्मेदवारी

Read Next

१०० बुँदे कार्ययोजनामा पूर्वाधार मन्त्रालयको प्रगति: ब्लु बसदेखि तौलपुल, डिजिटल लाइसेन्ससम्मका काम अघि बढे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar