Skip to main content

Nepal Purbadhar

दुर्घटनाग्रस्त जहाजको यात्रु तर्साउने अवशेष दश दिनभित्र हटाइने


झापा। झापाको चन्द्रगढी विमानस्थलमा दुर्घटनाग्रस्त भएको वुद्ध एयरको ‘कल साइन ९०१’ जहाजको अवशेष आगामी १० दिनभित्र हटाइने भएको छ ।
दुर्घटनापछि प्राविधिक अनुसन्धान र बिमा मूल्याङ्कनका कारण जहाजको अवशेष घटनास्थलमै राखिएको थियो । धावनमार्ग नजिकै दुर्घटनाग्रस्त जहाज देखिँदा यात्रुमा मनोवैज्ञानिक त्रास बढेको गुनासो आउने गरेको थियो ।

गत पुस १८ गते काठमाडौंबाट आएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर खोल्सीमा खसेको थियो । दुर्घटनामा चालक दलसहित ५१ यात्रुमध्ये सात जना घाइते भएका थिए ।
चन्द्रगढी विमानस्थल कार्यालयका अनुसार दुर्घटना जाँचबुझ समिति र बिमा कम्पनीले आवश्यक अनुसन्धान पूरा गरिसकेकाले अब अवशेष हटाउने प्रक्रिया अघि बढाइएको हो । हाल विमानबाट बुद्ध एयरको नाम, लोगो र अन्य पहिचान चिन्ह हटाइसकिएको तथा बिमा कम्पनीले नै अवशेष व्यवस्थापन गर्ने तयारी गरेको जनाएको छ ।


Read Previous

तथ्यांकमा सुदूरपश्चिम: ऋणात्मक वृद्धिदर रहने, प्रतिव्यक्ति आय र आर्थिक वृद्धिदर औसतभन्दा कम

Read Next

मध्यपूर्व तनाव: सन् २०२६ मा विश्व आर्थिक वृद्धि सुस्त हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar