Nepal Purbadhar

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठले पाए


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दीर्घायु कुमार श्रेष्ठलाई प्रदान गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत श्रेष्ठलाई उक्त जिम्मेवारी दिएका हुन्।
श्रेष्ठ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकका रूपमा कार्यरत छन्।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदबाट हटाइएपछि नयाँ व्यवस्था नभएसम्मका लागि श्रेष्ठलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।


Read Previous

सहरभित्रै चराको स्वर्ग: हेटौंडाको अर्बन बर्ड डाइभर्सिटी तस्बिर

Read Next

मौसम विभागलाई प्रविधिमैत्री बनाइने, सात दिनसम्मको पूर्वानुमान क्षमता विस्तार गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar