Nepal Purbadhar

निर्मल ढकाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी


काठमाडौँ । अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, पुल्चोक (ललितपुर) को महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिएको छ ।

ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको रूपमा कार्यरत थिए। अब उनले विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन् ।

मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी तोकेसँगै सम्पत्ति शुद्धीकरण नियन्त्रण तथा अनुसन्धान कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।


Read Previous

हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको अवरुद्ध पश्चिम खण्ड अघि बढ्यो, हटियामा टावर निर्माण सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar