Nepal Purbadhar

बोलपत्र वेबसाइट दुरुपयोगको आरोपमा विक्रम पाण्डे सीआईबी नियन्त्रणमा


काठमाडौं । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ। सरकारी बोलपत्रसम्बन्धी वेबसाइटमा अनधिकृत पहुँच प्रयोग गरी ठेक्का आफ्नै कम्पनीलाई पारिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
पाण्डेलाई काठमाडौंबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी डा. मनोज केसीले पुष्टि गरेका छन्।
प्रहरीका अनुसार सरकारी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा घटनाबारे थप अनुसन्धान भइरहेको छ। उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी गरिएको सीआईबीले जनाएको छ।


Read Previous

देशभर चार्जिङ स्टेशन विस्तारमा सरकारको जोड, ईभी युगका लागि नयाँ ऊर्जा रणनीति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar