Nepal Purbadhar

काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सुरु, कहाँ कहाँ चल्छ?


काठमाडौ । काठमाडौँ उपत्यकामा आजदेखि रात्रिकालीन बस सेवा सुरु गरिएको छ। साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो ।

पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि थानकोटसम्म विभिन्न मुख्य स्थानहरू हुँदै बस चल्नेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध हुनेछ।

यसका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ। सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको छ।

यात्रु सुरक्षाका लागि बसमा सीसीटीभी जडान गरी केन्द्रीय रूपमा निगरानी गरिनेछ र नगर प्रहरीको पनि व्यवस्था गरिएको छ।

साथै, ‘साझा प्लस’ मोबाइल एपमार्फत बसको अवस्थिति हेर्न सकिनेछ।

यो सेवा प्रारम्भिक चरणमा सुरु गरिएको हो र आगामी दिनमा यात्रुको मागअनुसार विस्तार गर्ने योजना रहेको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

भृकुटीमण्डपको भाडा नतिरेका २० संरचनामा समाज कल्याणको ताला

Read Next

इतिहासमा २०८२ लाइ फर्केर हेर्दा, राजनीतिसँगै आर्थिक-सामाजिक क्षेत्रमा यस्तो रह्यो २०८२ साल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar