Nepal Purbadhar

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ पुग्यो



काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ।

निर्णयअनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर २५–२५ रुपैयाँ मूल्य बढाइएको छ।


त्यसैगरी, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ वृद्धि गरिएको छ भने हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ बढाइएको निगमले जनाएको छ।


नयाँ मूल्यसूचीअनुसार काठमाडौं उपत्यका (तेस्रो वर्ग) मा अब पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ, डिजेल तथा मट्टितेल २०७ रुपैयाँ कायम भएको छ। एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ भने हवाई इन्धन (आन्तरिक) प्रतिलिटर २५७ रुपैयाँ निर्धारण गरिएको छ।
यो नयाँ मूल्य आज आजदेखि लागू हुने निगमले जनाएको छ।


Read Previous

एफएनसीसीआईको साधारण सभा र चुनाव रोकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar