
काठमाडौं ।शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शुक्रबार नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
व्यवसायी दिपक भट्ट पक्राउ परेपछि उनीसँग निकट सम्बन्ध रहेका अन्य व्यवसायीहरू पनि प्रहरीको अनुसन्धानको दायरामा परेका छन् । भट्टले शंकर ग्रुपका लागि परामर्शदाताको रूपमा काम गर्दै आएका थिए ।
