Nepal Purbadhar

पेट्रोलियम पदार्थमा फेरि मूल्य वृद्धि, प्रतिलिटर १५ रुपैयाँ महँगियो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको हो।
नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १८६ रुपैयाँ र तेस्रो वर्गमा १८७ रुपैयाँ कायम गरिएको छ।


त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १६४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६६ रुपैयाँ र तेस्रो वर्गमा १६७ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ।


निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएपछि आन्तरिक बजारमा पनि समायोजन गरिएको हो।


Read Previous

पाँचखालका किसानलाई आलु खन्ने चटारो, मूल्य नपाउँदा निराश

Read Next

काठमाडौं –१६ र तारकेश्वर–११ को सीमामा अवस्थित महादेव खोला किनारमा बनाइएको संरचनामा उपत्यका विकास प्राधिकरणले चलायो डोजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar