Nepal Purbadhar

ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्री पूर्ण प्रतिबन्ध, वातावरणमैत्री अभ्यास सुरु


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आफ्नै परिसरभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोगमा पूर्ण रोक लगाएको छ। मन्त्री विराजभक्त श्रेष्ठको निर्देशनपछि यो व्यवस्था आजदेखि लागू गरिएको हो।

मन्त्रालयका अनुसार वातावरण संरक्षण, सरसफाइ अभिवृद्धि तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमै उतार्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो।

प्लास्टिकको बढ्दो प्रयोगका कारण वातावरणमा परिरहेको नकारात्मक प्रभावलाई कम गर्ने लक्ष्यसहित वैकल्पिक र वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्राथमिकता दिने नीति अनुसार यो कदम चालिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।


Read Previous

किन छ सिंहदरबार सुनसान?

Read Next

प्रधानमन्त्री बालेनका प्रेस सहजकर्ता बने सुरेन्द्र बजगाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar