Nepal Purbadhar

काठमाडौं–१ मा रास्वपाले खोल्यो खाता, रञ्जु दर्शना भारी मतले विजयी


काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले खाता खोलेको छ।
रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) विजयी भएकी हुन्। उनले १५ हजार ४५५ मत प्राप्त गरेकी छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गरेका छन्।
दर्शना निर्वाचित भएको औपचारिक घोषणा भने निर्वाचन अधिकृतको कार्यालयले गर्न बाँकी रहेको बताइएको छ।


Read Previous

सर्लाही–४ मा मतगणना सुरु, पहिलो चरणमा बलराका ६ वडाको मत गनिँदै

Read Next

कुलमानलाई पछि पार्दै काठमाडौं–३ मा राजु पाण्डे विजयी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar