Nepal Purbadhar

दोलखाका कांग्रेस उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान


काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीले मतदान गरेका छन् । दोलखाका उम्मेदवार शिवाकोटीले बिहान दोलखाकै क्षमावती उच्चमावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनले मतदान गरेपछि समुन्नत नेपाल र समुन्नत नेपालीका लागि बदलिएर आएको नेपाली कांग्रेसलाई विजयी गराउन सम्पूर्ण मतदातालाई आह्वानसमेत गरेका छन् ।

उनले कांग्रेस आफ्नो प्रतिज्ञापत्रमा कटिबद्ध भएकोसमेत जनाउँदै मुलुकको विशेष परिस्थितिमा कांग्रेसलेमात्र नेतृत्व गर्न सक्नेसमेत बताएका छन् ।


Read Previous

भयरहित वातावरणमा मतदान गरौँ, कांग्रेस सबैभन्दा ठूलो दल बन्दैछ – विश्वप्रकाश शर्मा

Read Next

पूर्व अर्थमन्त्री डा. महतले नुवाकोटबाट गरे मतदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar