Nepal Purbadhar

दुई लघुवित्तले घोषणा गरे लाभांश


काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था र नाडेप लघुवित्तले लाभांश घोषणा गरेका छन्। दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।

आदर्श लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल लघुवित्त संस्थाको चुक्ता पुँजी दुई करोड सात लाख रुपैयाँ छ।

यस्तै, नाडेप लघुवित्तले १०.५२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। लघुवित्तले १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगदको प्रस्ताव गरेको हो। लघुवित्तको चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृती तथा कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि शेयरधनीलाई वितरण गरिनेछ।


Read Previous

बारा र पर्साकाे विद्युत प्रसारण प्रणाली सुधार गर्न परवानीपुर-पोखरिया प्रसारण लाइन निर्माण गरिँदै

Read Next

तामाकोसीको सुख्खा यामकाे विद्युत उत्पादनमा सघाउने रोल्वालिङ आयोजनाको काम अघि बढ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar