Skip to main content

Nepal Purbadhar

बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हेलिकप्टरमार्फत उद्धार


काठमाडौं। गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा परेका ६ जनाको हवाई उद्धार गरिएको छ।

प्रधानमन्त्री बालेन शाहले आइतबार बिहान सामाजिक सञ्जालमार्फत जगत क्षेत्रमा जोखिममा रहेका ६ जनालाई नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरेको जानकारी दिएका हुन्।

उनका अनुसार बाढीपछि खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको टोली हवाई र स्थलमार्गबाट परिचालन गरिएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन काठमाडौंमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनबाट प्रभावित क्षेत्रमा तैनाथ गरिएको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले बूढीगण्डकी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टर परिचालन गरिएको जानकारी दिएका छन्।

बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले गोरखाका विभिन्न बस्ती तथा पूर्वाधारमा क्षति पुर्‍याएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान र सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रमा जारी उद्धार कार्यको थप विवरण आउन बाँकी छ।


Read Previous

बूढीगण्डकी बाढीको कहर : चार जना बेपत्ता, प्रभावित क्षेत्रमा सतर्क रहन गृहमन्त्रीको आग्रह

Read Next

बूढीगण्डकी बाढीको वितण्डा : ६ पुल बगायो, १० जना सम्पर्कविहीन, ३५ घर बगे, बस्तीमा क्षति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar