
त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री र व्यवस्थित बनाइँदै काठमाडौँ, १६ असोजः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन तीव्र तयारी गर्दै । कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि मैदानको आउटफिल्ड, मर्मत गरिएको पिच, नयाँ स्कोरकार्ड बोर्ड तथा आधुनिक प्यारापिटलगायतका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। यसपटक खेललाई थप निष्पक्ष र पारदर्शी बनाउन डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोगको तयारीसमेत गरिएको छ। तस्बिरः घनश्याम श्रेष्ठ/रासस
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने काम तीव्र पारेको छ।
कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि मैदानको आउटफिल्ड सुधार, पिच मर्मत, नयाँ स्कोरकार्ड बोर्ड जडान तथा आधुनिक प्यारापिट निर्माणलगायतका काम अन्तिम चरणमा पुगेका छन्।
यसपटक प्रतियोगिताका खेललाई थप पारदर्शी र निष्पक्ष बनाउन डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोग गर्ने तयारीसमेत गरिएको छ। डीआरएस प्रयोगमा आएपछि अम्पायरको निर्णयमा पुनरावलोकन गर्न सकिने भएकाले खेलका महत्वपूर्ण निर्णयमा प्रविधिको प्रयोग बढ्नेछ।
एनपीएलको तेस्रो संस्करणलाई व्यवस्थित रूपमा सञ्चालन गर्न मैदानको भौतिक पूर्वाधारसँगै प्रविधिगत पक्षमा समेत सुधार भइरहेको क्यानले जनाएको छ।







