
काठमाडौं। मेरोअटो राइड ४.० को चौथो संस्करण असोज १६ गते शुक्रबार आयोजना हुने भएको छ। अटोमोटिभ्स प्रालिले विश्व पर्यटन दिवसको अवसरमा काठमाडौंको नेपाल टुरिजम बोर्डदेखि ऐतिहासिक गोरखा दरबारसम्म राइड आयोजना गर्न लागेको हो।
राइड बिहान ८ बजे नेपाल टुरिजम बोर्डबाट सुरू हुनेछ। सहभागीहरू सितापाइला, धार्के, गल्छी, मुग्लिन र आबुखैरेनी हुँदै गोरखा पुग्नेछन्। राइड गोरखा दरबारमा पुगेर समापन हुनेछ।
राइडका क्रममा विभिन्न मनोरञ्जनात्मक तथा खेलकुद गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ। मुग्लिनमा टोटल इनर्जीले ‘केयर क्याम्प’ समेत सञ्चालन गर्नेछ।
अटोमोटिभ्स प्रालिका प्रबन्ध निर्देशक हरिप्रसाद गजुरेलले आन्तरिक पर्यटन प्रवर्द्धन, राइडिङ संस्कृतिको विकास तथा राइडरहरूबीच भाइचारा बढाउने उद्देश्यले राइड आयोजना गरिएको बताए।
उनका अनुसार मेरोअटो राइड विगत चार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छ। आगामी वर्षहरूमा पनि राइडलाई निरन्तरता दिइने उनले बताए।
राइडको मुख्य प्रायोजक टोटल इनर्जी रहेको छ। पावर्ड बाईमा सिएट टायर तथा सपोर्टेड बाईमा रोयल इनफिल्ड, हिरो, यामाहा, होन्डा, बजाज र मोर्बिडेली रहेका छन्।
मेरोअटो राइडको पहिलो संस्करण २०८० मा सोलुखुम्बुको पतालेमा आयोजना भएको थियो। दोस्रो संस्करण २०८१ मा रसुवाको ब्राबल र तेस्रो संस्करण गत वर्ष दोलखाको खरीढुंगामा सम्पन्न भएको थियो।









