Skip to main content

Nepal Purbadhar

भोटेकोशी बाढीमा भारतको थप सहयोग, ११ सदस्यीय उद्धार टोली र ५.५ टन औषधि आयो

विधिन्न माध्यमबाट संकलन भएका राहात सामाग्री, फाइल फोटो।


काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा सहयोग गर्न भारतले नेपालका लागि पाँचौँ खेपको सहयोग पठाएको छ।

भारतले खोज तथा उद्धारका लागि आवश्यक विशेष उपकरणसहित ११ सदस्यीय उद्धार टोली र ५.५ टन अत्यावश्यक औषधि नेपाल पठाएको हो।

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले बुधबार बिहान सामाजिक सञ्जालमार्फत सहयोग सामग्री र उद्धार टोली बोकेको विमान नेपालतर्फ प्रस्थान गरेको जानकारी दिएका छन्।

यसअघि भारतले १४ भदौमा ११ टन राहत सामग्री र प्राविधिक टोलीसहित चौथो खेप नेपाल पठाएको थियो।

भोटेकोशी बाढीबाट रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि अहिले उद्धार, खोजी तथा राहत वितरणको काम तीव्र रूपमा भइरहेको छ। प्रभावित क्षेत्रमा भारतसहित विभिन्न देश तथा अन्तर्राष्ट्रिय निकायबाट सहयोग आउने क्रम जारी छ।


Read Previous

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट पुनः सञ्चालनमा

Read Next

रसुवागढीमा बेपत्ताको खोजी जारी, परिवारलाई नियमित सूचना दिन मन्त्री श्रेष्ठको निर्देशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar