Skip to main content

Nepal Purbadhar

बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा गोरखा ब्रुअरीको १० करोड सहयोग


काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि गोरखा ब्रुअरीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गरेको छ।

बाढी प्रभावितका लागि प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत व्यवस्थापन गर्ने क्रममा गोरखा ब्रुअरीले उक्त रकम हस्तान्तरण गरेको हो।

गोरखा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी, वित्त निर्देशक अमर वैद्य र बजार निर्देशक काजीमन सुब्बाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १० करोड रुपैयाँको सहयोग रकम हस्तान्तरण गरेका हुन्।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत र पुनःस्थापनाका काम जारी छन्।

सरकारले बाढी प्रभावितको सहयोगका लागि प्राप्त हुने रकमलाई एकद्वार प्रणालीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलन गरी परिचालन गर्न थालेको छ।


Read Previous

त्रिशूली-३ ‘ए’ का ३५ कर्मचारी शान्तिबजारमा २ दिनदेखि अलपत्र, उद्धार नहुँदा जीवन संकटमा

Read Next

भोटेकोशी बाढीपछि नुवाकोटमा विद्युत् आपूर्ति सुचारु, रसुवामा पनि पुनःस्थापनाको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar