Skip to main content

Nepal Purbadhar

नाडा अटो शोमा नयाँ जेनेरेसन स्कोडा कोडियाक सार्वजनिक, मूल्य २ करोड १९ लाखदेखि


काठमाडौं। स्कोडा नेपालले नयाँ जेनेरेसन कोडियाक एसयूभी नेपाली बजारमा सार्वजनिक गरेको छ। एमएडब्ल्यू एक्स्पान्जले भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ मा कोडियाक सार्वजनिक गरेको हो।

सात सिट क्षमताको नयाँ कोडियाकमा एर्गो सिट, म्याट्रिक्स एलईडी हेडलाइट र स्मार्ट डायल्सलगायतका सुविधा छन्। युरोपेली डिजाइन र आधुनिक प्रविधिलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

नेपालमा कोडियाक तीन भेरियन्टमा उपलब्ध छ। लाउन्जको मूल्य २ करोड १९ लाख ९० हजार रुपैयाँ तथा स्पोर्टलाइन र सिलेक्सन एल एन्ड केको मूल्य २ करोड ३९ लाख ९० हजार रुपैयाँ तोकिएको छ।

नयाँ कोडियाक नाडा अटो शोमा अवलोकन गर्न सकिनेछ भने देशभरका आधिकारिक स्कोडा शोरुमबाट बुकिङसमेत खुला गरिएको कम्पनीले जनाएको छ।


Read Previous

नाडा अटो शोमा यामाहाका नयाँ भेरियन्ट सार्वजनिक, एरोक्सदेखि आर १५ सम्म

Read Next

रसुवामा विद्युत् आपूर्ति अवरुद्ध: रसुवागढी, चिलिमे, त्रिशूली–३ ए, बी सहित सबस्टेसनमा क्षति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar