Skip to main content

Nepal Purbadhar

यामाहा रेसिङको ‘हिमालय रोडिज’ सिजन ८ को प्रि-अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेश


काठमाडौं । यामाहा रेसिङले ‘हिमालय रोडिज’ सिजन ८ का लागि प्रि-अडिसन घोषणा गरेको छ। ‘एटिट्युड भर्सेस अल्टिच्युड’ थिममा आयोजना हुन लागेको रोडिजको प्रि-अडिसन अगस्ट १५ देखि नेपालका विभिन्न सहरमा रहेका यामाहा शोरुममा सुरु हुने भएको हो।

प्रि-अडिसनमा सहभागी हुनेहरूले ‘ब्लू टिकट’ प्राप्त गर्ने अवसर पाउनेछन्। ब्लू टिकट प्राप्त गर्ने प्रतियोगीले रोडिजको पीआई राउन्डमा सिधै प्रवेश गर्न पाउनेछन्।

प्रि-अडिसनको सुरुवात धरानस्थित विजयपुर ट्रेडर्स, लाङ्गाली चोकबाट हुनेछ। त्यसपछि बिर्तामोड, हेटौंडा, बुटवल, बर्दिबास, धनगढी हुँदै काठमाडौंमा प्रि-अडिसन आयोजना गरिनेछ।

यामाहाका अनुसार भदौ ४ गते काठमाडौंको नक्सालस्थित एमएडब्लू प्रालिमा प्रि-अडिसन हुनेछ। यसअघि भदौ ३ गते धनगढीको चौराहास्थित एमएडब्लू प्रालिमा तथा भदौ २ गते बर्दिबासस्थित एमएडब्लू प्रालिमा आयोजना हुनेछ।

हेटौंडा र बुटवलमा भदौ १ गते एकैदिन प्रि-अडिसन हुनेछ। हेटौंडाको रानीदरबार मार्गस्थित राज मोटर्स र बुटवलको कालिका नगरस्थित बाइकर्ज बुटवलमा कार्यक्रम आयोजना गरिनेछ। बिर्तामोडमा साउन ३१ गते सयपत्री ट्रेड लिंक र धरानमा साउन ३० गते विजयपुर ट्रेडर्समा प्रि-अडिसन हुनेछ।

‘एटिट्युड भर्सेस अल्टिच्युड’ थिमले सहभागीको मनोवृत्ति, सहनशक्ति, साहस र चुनौती सामना गर्ने क्षमतालाई केन्द्रमा राख्ने यामाहाले जनाएको छ। हिमाल र उचाइसँग जोडिएको चुनौतीपूर्ण यात्रालाई यामाहाको रेसिङ लेगेसी तथा ‘द कल अफ द ब्लू’ ब्रान्ड सन्देशसँग जोडिएको छ।

यामाहा रेसिङले नेपालमा युवालक्षित विभिन्न गतिविधिमा सहकार्य गर्दै आएको छ। ऊर्जा, जोश र चुनौती सामना गर्ने साहसलाई प्रोत्साहन गर्ने उद्देश्यले रोडिजसँगको सहकार्यलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

सिजन ८ मा सहभागी हुन इच्छुक युवाहरूलाई तोकिएको मितिमा नजिकको यामाहा शोरुममा पुगेर प्रि-अडिसनमा सहभागी हुन आग्रह गरिएको छ। छ दिनमा सात सहरमा आयोजना हुने प्रि-अडिसनबाट नयाँ प्रतियोगी छनोटको प्रक्रिया अघि बढ्नेछ।


Read Previous

विद्यमान कानुनबाटै निजी क्षेत्रलाई पावर ट्रेडिङ लाइसेन्स दिन सकिन्छ: सरोकारवाला

Read Next

पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको राष्ट्रिय सम्मेलन सकियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar