Nepal Purbadhar

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व सकंलन


काठमाडौं। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लघंन गर्ने दुई हजार ६४१ जना चालक कारबाहीमा परेका छन्। उक्त कारबाहीबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व सङ्कलन भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका ७९ चालक, नियमविपरीत राइड सेयरिङ गरेका १४७, ट्राफिक सङ्केत बत्ती उल्लघंन गरेका १५४ तथा तीव्र गतिमा सवारी चलाएका १२२ जनालाई कारबाही गरिएको छ।

यस्तै, लेन अनुशासन पालना नगर्ने ११९, निषेधित क्षेत्रमा हर्न बजाउने ११३, सडक पेटीमा सवारी पार्किङ गर्ने ११९, एकतर्फी बाटोमा सवारी चलाउने १०० र अन्य नियम उल्लघंन गर्ने एक हजार ६८८ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।


Read Previous

डेढ महिनामा डेढ लाख भारतीय पर्यटक पोखरा आए, पोखराका होटल भरिभराउ

Read Next

इप्पानका अध्यक्ष मोहन डाँगीलाई प्रश्न- ऊर्जामन्त्री बनाएर एउटा निर्णय गर्न दिए के गर्नुहुन्थ्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar