
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिष गजुरेलले प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले गजुरेललाई उक्त पदका लागि आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेको हो।
संसदीय समितिहरूको निर्वाचन शुक्रबार हुने तय भएको छ भने त्यसका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया जारी रहेको छ।
