Nepal Purbadhar

वैशाख १ देखि काठमाडौँमा रात्रिकालीन बस सेवा सन्चालन हुने, २ रुटमा चल्ने



काठमाडौं । काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेपछि सार्वजनिक यातायात अभावका कारण सर्वसाधारणले भोग्दै आएको समस्यालाई सम्बोधन गर्न यो सेवा सुरु गर्न लागिएको हो।


महानगरपालिकाका अनुसार रात्रिकालीन सेवा दुई वटा मुख्य रुटमा सञ्चालन हुनेछ। पहिलो रुट ललितपुरको लगनखेलबाट सुरु भई पाटन अस्पताल, अल्का, नर्भिक अस्पताल, प्रसुति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म पुग्नेछ। यो उत्तर–दक्षिण रुट करिब १६ किलोमिटरको हुनेछ।


त्यस्तै, दोस्रो रुट थानकोटदेखि सुरु भई सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन, तीनकुने हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्नेछ। यो पूर्व–पश्चिम रुट करिब २० किलोमिटरको हुनेछ।
यी दुवै रुटमा प्रारम्भिक चरणमा ४ वटा विद्युतीय बस सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ। सेवा साँझ ८ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछ भने हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन्।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले राति सार्वजनिक यातायातको अभावका कारण महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेको र विशेषगरी महिला, किशोरी तथा विद्यार्थीहरू बढी प्रभावित भएको बताउनुभयो। “सार्वजनिक यातायातको सहज पहुँच नहुँदा सबैलाई समस्या परेको छ, त्यसैले यो सेवा सुरु गर्न लागेका हौँ,” उहाँले भन्नुभयो ।


उहाँका अनुसार सेवामा सीसीटिभी क्यामरा जडान गरिनेछ भने यात्रुको सुरक्षाका लागि नगर प्रहरीको व्यवस्था गरिनेछ। महानगरपालिकाले सेवालाई सुरक्षित, सहज, भरपर्दो र दिगो प्रणालीका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको


Read Previous

सहकारी पीडितसँग मन्त्री रावलको प्रत्यक्ष संवाद, १०० दिनमै बचत फिर्ताको लक्ष्य

Read Next

सम्पत्ती शुद्धीकरणको आरोपमा दीपक भट्ट पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar