
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई सरुवा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्।
सोमबार उनले उत्प्रेषणको आदेश माग्दै रिट निवेदन पेश गरेका हुन्।
शाक्यलाई अघिल्लो सरकारले चार वर्षको कार्यकालका लागि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तर, जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङले उनलाई सो पदबाट हटाउँदै सरुवा आदेश दिएका थिए।
सरुवा आदेशअनुसार शाक्यलाई प्राधिकरणबाट जल तथा ऊर्जा आयोग सचिवालयमा विशिष्ट श्रेणीका ऊर्जा विशेषज्ञका रूपमा पठाइएको छ।









